अन्तर्राष्ट्रिय समाचार

मन्दिरमा पूजापछि प्रसाद खाँदा ११ जनाको ज्यान गयो, प्रसाद खाएका पंक्षीहरु पनि मरे

काठमाडौं – भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चार माध्यमहरुका अनुसार कर्नाटकको चमराजनगर जिल्लाको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको र दर्जन बढीको स्थिति गम्भीर रहेको बताइएको छ । मन्दिरको प्रसाद खाँदा बिरामी भएका करिब ७० जनालाई मैसुरुलगायतका अन्य अस्पतालमा भर्ना गरि उपचार गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मन्दिरमा पूजापछि प्रसादको रुपमा गोलभेंडा र भात खान दिइएको थियो ।तर, पूजामा सहभागी भएकाहरुका अनुसार भात गन्हाएकोर उनीहरुले गन्हाएको थाहा पाएपछि खाना फ्याँकेकाहरु ठिक भएका र खाएकाहरुलाई बान्ता हुने र पेट दुख्न थालेपछि अस्पताल लगिएको हो । मानिससँगै प्रसाद खाएका कागको समेत मृत्यु भएको छ । पुलिसले घटनास्थलबाट स्याम्पल लिएर फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको बीबीसीले जनाएको छ ।

Related Articles

g
Close