भिडियो

आफ्नै बाबुलाई श्रीमान बनाएर दिदिले सम्पती लुटिन् , बहिनीको यस्तो बिजोग (स्थलगत रिपोर्ट)

आफुलाई जन्म दिने बा लाई पति र हजुरबा लाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं १०/१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा प्रदर्शन गरेका छन् ।कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमिति, लक्ष्मिटोल आमा समुह, जनजागृती आमा समुह लगायतका संस्था र रामबजार आसपासका समाजसेवीले दुर्गा कुँवरको घर अगाडी प्रदर्शन गरेका हुन् ।

उनिहरुले दुर्गा कुँवरलाई घर निकाला गर्न नपाईने, पैतृक सम्पती आधा आधा पाउनुपर्ने, दुर्गा कुँवरले न्याय पाउनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने बताउदै अभियन्ता तथा समाजसेवी पवित्रा गुरुङले भन्नुभयो आज घर निकाल्न दुर्गाको दिदी आउदैछन् भन्ने जानकारी पाएर हामी यहाँ उपस्थित भएका हौ । गुरुङले अगाडी भन्नुभयो – दुर्गा कुँवर अन्यायमा परेकी छन्, उनलाई न्याय दिनु हाम्रो दायित्व हो, उनले न्याय नपाईन्जेल हामी उनको साथमा रहन्छ ।

Related Articles

g
Close