समाचार

निर्मला हत्या प्रकरण : अभियुक्त भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आयो , के छ त रिपोर्टमा ?

काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दुईको डिएनए रिपोर्ट आएको छ।हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौँमार्फत कञ्चनपुर पठाइएको छ ।स्रोतका रावल र चौधरीको डिएनए पनि निर्मलाको भेजिनल स्वाबबाट संकलन गरिएको डिएनए प्रोफाइलसँग ‘म्याचिङ’ नभएको बताइएको छ ।

घटनामा संलग्नता भएको हुन सक्ने भन्दै केहि हप्ता अगाडी प्रहरीले प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो। अनुसन्धानको क्रममा पक्राउ परेका दुवैले अपराध स्वीकार गरेको अपुष्ट खबरहरु बाहिरिएको थियो।पक्राउ परेका दुवैले अपराध स्वीकार गरेको भएपनि घटनाको पुष्टि गर्न डिएनए रिपोर्ट कुरिएको थियो । उक्त डिएनए रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयका आधिकारिक व्यक्तिको उपस्थितिमा खोलिने हुँदा रिपोर्टमा भएको तथ्य भोलि मात्रै सार्वजनिक हुने जानकारीमा आएको छ।

Related Articles

g
Close