मनोरंजन

अभिनेत्री दीपिकाका पूर्वप्रेमी रणवीर कपूर दीपिकाको रिसेप्सनमा किन आएनन् ? यस्तो रहेछ कारण , खोलिन् रहस्य दीपिकाले

काठमाडौं – पछिल्लो समय बलिउडमा अभिनेत्रि दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको निकै चर्चा छ। यी सुन्दर जोडीको अघिल्लो महिना बिबाह सम्पन्न भएको थियो । यी दुइको इटालीमा भएको बिहे पछी बलिउडका साथीलाई दीपिकाले डिसेम्बर १ मा रिसेप्सन पार्टी दिएकी थिइन् । सो पार्टीमा धेरै कलाकारहरु आएका थिए । तर अभिनेत्रि दीपिकाका पूर्व प्रेमी रणवीर कपूर भने आएका थिएनन् । बिहेको पार्टीमा अभिनेता रणवीर कपूर नआउदा धेरैलाइ खुलदुलि भयो ।

उनीहरुबीच ब्रेकअपपछि पनि साथीको रुपमा राम्रो सम्बन्ध रहेको चर्चा हुन्थ्यो ।हालै फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणवीर नआउनुको कारण खुलाएकी हुन् । उनले भनिन्, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणबीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन । हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’

Related Articles

g
Close