मनोरंजन

चर्चित अभिनेता प्रभाष र श्रद्धाको अभिनय रहेको फिल्म सोहो यो मितिमा प्रर्दशन हुने

एजेन्सी – सदाबाहार चर्चामा भइरहने अभिनेता हुन् ‘बाहुबली’ स्टार प्रभाष । पछिल्लो समय अभिनेता प्रभाषको आगामी मष्ट अवेइटेड फिल्म ‘साहो’को कारण पनि धेरै चर्चामा छन् । अभिनेता प्रभाष अभिनित फिल्म ‘साहो’को रिलिज मिति पनि तोकिएको छ । २०१९ को १५ अगष्ट तारिखका दिनबाट प्रभाषको ‘साहो’ दर्शकमाझ रिलिज गर्ने तयारी गरिएको छ ।

फिल्म समिक्षक तरण आदर्शले गत सोमबार ट्वीट गर्दै ‘साहो’को रिलिज मिति २०१९ को अगष्ट १५ तारिख भएको जानकारी गराएका हुन् ।यस फिल्मको निर्देशन सुजितले गरेका छन् । यो फिल्ममा प्रभाष र श्रद्धाको साथमा निल नितिन र मंदिरा बेदी पनि मुख्य भुमिकामा छन् । फिल्म रिलिजको मिति घोषणा गरिए लगत्तै प्रभाषले यो फिल्ममा सबै कुरा वास्तविक बनाउन कोशिस गरिएको छ, जसको कारण दर्शकहरुले एक्शनको वास्तविक थ्रिलको महशुस गर्न सकुन् ।

Related Articles

g
Close