समाचार

ट्याक्टर दुर्घटनामा १६ वर्षीय सन्तलालको ज्यान गयो

दाङ । दाङको घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नंको ट्याक्टर गए राती पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी सो दुर्घटनामा परी गम्भीर घाइते भएपछि घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Related Articles

g
Close