मनोरंजन

स्टार स्क्रिन अवार्ड : उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् आलियाले

काठमाडाैं -सन् २०१८ को स्टार स्क्रिन अवार्ड सार्वजनिक भएको छ । मुम्बईमा सम्पन्न २५औँ स्क्रिन अवार्डमा बलिउडका केही स्टार सरिक थिए । अवार्ड समारोहलाई आयुष्मान खुराना र विक्की कौशलले सञ्चालन गरेका थिए ।

यसपटक आलिया भट्टले राजी फिल्मका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट अभिनेताको अवार्ड दुईजनालाई दिइयो । रणवीर कपुर र राजकुमार रावले उत्कृष्ट अभिनेताको अवार्ड पाए । नयाँ पत्रिकामा खबर छ ।३५ करोड भारुमा बनेको राजीले बक्स अफिस सय करोड बढीको व्यापार गरेको थियो । जासुसको भूमिकामा देखिएकी आलियाको अभिनयले पनि खुब प्रशंसा पाएको थियो ।

Related Articles

g
Close