मनोरंजन

करीना–सैफका छोरा तैमूरको आज जन्मदिन , समुन्द्र किनारामा मस्ती गर्दै , हेर्नुहोस् तस्बिरहरु

एजेन्सी – चर्चित अभिनेत्रि करीना कपूर र सैफ अली खानका छोरा तैमूरको आज जन्मदिन । तैमूर यही २० डिसेम्बरमा २ वर्षका पुग्दैछन् । करीना कपूर र सैफ अली खानका छोराको जन्म दिन मनाउन आजभोली दक्षिण अफ्रीकामा रहेका छन् । छोरा तैमूरको जन्मदिनको अवसरमा दक्षिण अफ्रीकामा विदा मनाइरहेका यी दम्पतीका केही तस्वीहरु सार्वजनिक भएका छन् ।

तस्वीहरुमा यो परिवार समुन्द्र किनारामा मस्ती गरिरहेको देख्न सकिन्छ । छोरा तैमूरले पनि अभिभावकसँग रमाइलो गरेका छन् । गएको वर्ष तैमूरको बर्थ डे पार्टी हरियाणाको पटौदी प्यालेसमा राखिएको थियो । जसमा पारिवारिक सदस्यमात्र सहभागी भएका थिए ।तैमूर बर्थ डेमा बज्यै शर्मिला टैगोर, मामा घरकी बज्यै बबिता, मामा घरका बाजे रणधीर कपूर, ठूली आमा करिश्मा कपूर र उनका बच्चाका साथै अमृता अरोडा, नताशा पूनावाला, करण कपूरसहित केही सेलिब्रिटीज पुगेका थिए ।

Related Articles

g
Close